Logo

पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने रोयल पेन्ट्सको दसैं तिहार अफर



काठमाडौं, २१ असोज । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ यस योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्ने सक्ने छन् ।

कम्पनीको अनुसार यो अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । सम्पूर्ण ग्राहक मध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यमानी ग्राहकलाई बम्पर उपहारमा पल्सर बाइक उपहार प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, ५ जनाले ४३ इन्चको भिडियोकन टिभी उपहार जित्नसक्नेछन् । १० जनाले स्मार्ट फोन उपहार प्राप्त गर्न सक्नेछन् । गुणस्तर चिन्ह प्राप्त रोयल पेन्ट्स सन् २०१० देखि नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । ६ सय डिलर नेटवर्कमार्फत देशभरको बजारमा रोयल पेन्ट्स बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्