Logo

बलिउड फिल्म ‘उचाइँ’मा परमितासहित यी नेपाली कलाकार छायांकनको लागि लुक्ला प्रस्थान



काठमाडौं, २१ असोज । बलिउड फिल्म ‘उचाइँ’ को टिम अहिले नेपाल आएको छ । फिल्म छायांकनको लागि अभिनेता अनुपम खेर, अभिनेत्री परिणीति चोपडासहितको टोली हिजो लुक्ला प्रस्थान गरेको छ।

चर्चित निर्देशक सुरज बडजात्याले निर्देशन गर्ने यस फिल्ममा नेपाली कलाकारहरु पनि जोडिने भएका छन् । फिल्ममा नेपाली अभिनेत्री परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, निरज मुक्तान, नारायण विक, सरोज प्रजु लगायतका कलाकारहरुको अभिनय रहने भएको छ ।
हिजो बलिउडका कलाकारसँगै नेपाली कलाकारहरु पनि फिल्मको छायाँकनको लागि लुक्ला पगुेका छन् । परमिताले इन्स्टाग्राममा फिल्मको छायांकनको लागि लुक्ला प्रस्थान गर्न लागेको एक तस्विर सहित जानकारी दिएकी हुन् ।

‘चपली हाइट २’बाट चलचित्रमा प्रवेश गरेकी परमिताले चंगा चेट र रोज फिल्ममा राम्रो अभिनय गरेकी छिन् । उनले यस अघि तेलुगु फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर बलिउड फिल्ममा भने उनले पहिलो पटक काम गर्न लागेकी हुन् ।

नेपालमा करीब ४० दिन खिचिने यो फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन, अनुपम खेर, परिणिती चोपरा, सारिका हसन लगायतको अभिनय दर्शकले हेर्न पाउने भएका छन् । तस्विरः गुगल डटकम



प्रतिक्रिया दिनुहोस्