Logo

काश्मिरमा फायरिङ, एक महिलासहित दुई सरकारी शिक्षकको मृत्यु



एजेन्सी, २१ असोज। जम्मु काश्मिरको श्रीनगरस्थित् ईदगाह क्षेत्रमा लडाकुहरुले स्कुलमै फायरिङ गरेका छन् । घटनामा एक महिलासहित स्कुलका दुई सरकारी शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘करिब सवा ११ बजे फायरिङ भएको थियो । फायरिङमा एक महिलासहित दुई सरकारी शिक्षकको मृत्यु भएको छ ।’ मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । उनलाई पछि अस्पताल लागिएको थियो। प्रहरीले त्यस क्षेत्रमा रहेका आतंकवादीहरुको खोजि गरिरहेको जनाइएको छ।-Photo Source: The Indian Express



प्रतिक्रिया दिनुहोस्