Logo

भैरहवाले पोखरालाई दियो १ सय २० रनको लक्ष्य



काठमाडौं, २१ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले टस जितेर भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो । शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन जोडेको हो ।
भैरहवाका लागि कप्तान शरद भेष्वाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए ।

रोहित कुमार पौडेल २ छक्काको सहयोगमा १८ रन जोडेर पबिलियन फर्किए । आरिफ सेखले २७ रन बनाए । प्रदिप ऐरिले ११ बलमा ११ रन मात्र जोड्न सके ।यस्तै उपुल थराङ्गाले १०, सर्भिन मुनाइन्डे ३, कुशल मल्ल १ रन जोडे । धम्मीका प्रसाद अविजित रहदै ४ रन जोडे । पोखराका किशोर महतो र साहनले समान दुई÷दुई विकेट लिए । यस्तै असेला गुणारत्ने र नन्दन यादवले समान एक-एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्