Logo

अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर सम्पर्कबिहिन भएका निरौला पक्राउ



मोरङ, २१ असोज । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने मोरङ बिराटनगर म.न.पा.वडा नं. १३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० मध्यबानेश्वर बस्ने वर्ष ४१ को मणि निरौलालाई प्रहरीले पक्राउ गरेको हो ।

आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ भनि म्याग्दी मङ्गला गा.पा. वडा नं. ५ घर भई हाल का.जि. टोखा न.पा. वडा नं. १ बस्ने वर्ष २४ को सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि १२ लाख रुपैयाँ लिएका थिए ।

निरौलाले भनेको भनेको समयभित्र नपठाए पछि सम्पर्क गर्न खोज्दा सम्पर्क बिहिन भएका थिए । महाशाखाको विशेष टोलीले निरौलालाई मिति असोज १९ गते नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाएको मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्