Logo

क्यानको वार्षिक साधारण सभा मसिंर २९ मा हुने, कार्यबाहक सचिवमा प्रशान्त बिक्रम मल्ल



काठमाडौं, २१ असोज । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा डिसेम्बर १५ (मसिंर २९) गते हुने भएको छ । असोज २० र २१ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्यानको वार्षिक साधारण सभा मसिंर २९ गते गर्ने गरेको हो । साथै, क्यानको कार्यबाहक सचिवमा प्रशान्त बिक्रम मल्ल नियुक्त भएका छन् ।

केहिदिन अघि सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पत्रकार सम्मेलन गर्दै राजीनामाको दिएको घोषणा गरेका थिए । केन्द्रीय कार्यसमिती बैठकले उनीहरुको राजिनामा स्वईकृत गर्दै कार्यबाहक सचिवमा मल्ललाई नियुक्त गरेको हो ।

यस्तै, राष्ट्रिय क्रिकेट टिममा रिक्त रहेको मुख्य प्रशिक्षकको पदपूर्ति गर्न एक हप्ता भित्र १५ दिनको समय सिमा राखेर आवेदन माग गर्न सक्ने निर्णय बैठकले गरेको छ । साथै, यूएईमा हुने आइसिसी महिला टि–२० विश्वकप एसियालि छनौटको लागि नेपाली महिला राष्ट्रिय टालीको बन्द प्रशिक्षण अक्टोबर २० (कार्तिक ३) गते देखि काठमाडौंमा सञ्चालन हुने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्