Logo

एमसीसी खारेज गर्न माग गर्दै भृकुटिमण्डपमा विरोध प्रदर्शन



काठमाडौँ, २१ असोज। अमेरिकी सहयोग एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैन लगायतका नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्