Logo

‘मैले प्रधानमन्त्री बन्ने कहिल्यै पनि कल्पना गरेको थिइन्’–मोदी



एजेन्सी, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नेको कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । उत्तराखण्डमा रहेको ऋषिकेशमा ३५ अक्सिजन प्लान्ट विस्तारको क्रममा पुगेका मोदीले आज यस्तो बताएका हुन् ।

मोदीले आजकै दिन २० वर्ष पहिले गुजरातका मुख्यमन्त्री भएको समेत स्मरण गराए । उनले भने, ‘मैले कहिल्यै पनि प्रधानमन्त्री हुने कल्पना गरेको थिइन् । लामो समयदेखि जनसेवामा जोडिरहेको छु । २० वर्ष पहिले मुख्यमन्त्री हुँदा सिधै जनताको सेवा गर्ने मौका मिलेको थियो ।’ उनले उत्तराखण्डसँग आफ्नो कर्म र मर्मको गहिरो सम्बन्ध भएको पनि बताए ।

मोदीले कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना महामारीको कारण देशले १०० वर्ष कै सबैभन्दा ठुलो संकटको सामना गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्