Logo

रामाज्ञा प्रसाद चतुर्वेदीले किन गरे ‘आत्महत्या’ ?



काठमाडौं, २१ असोज । तत्कालीन शाही नेपाल वायुसेवा निगमकका प्रमुख रामाज्ञा प्रसाद चतुर्वेदीले ४ तल्लाबाट फाल हालेर ‘आत्महत्या’ गरेका छन् । उनी बिहिबार ८ तल्ले भवनको मुनी मृत फेला परेका थिए ।

प्रहरीले चतुर्वेदीको मृत्युबारे प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या गरेको पत्ता लगाएको छ । सीसीटीभी फुटेजमा उनी आफै फाल हालेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

चतुर्वेदी भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेल समेत परेका थिए । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई दोषी ठहर गरेपछि २ वर्ष जेल सजाय भएको थियो । उनीमाथि झण्डै २ करोडको जरिवानाको फैसला समेत गरिएको थियो ।

अकुत सम्पत्ति मुद्दामा चतुर्वेदीमाथि मुद्दा दायर भएको थियो । उनले सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् ।

२०५९ सालमा चतुर्वेदीविरुद्ध अख्तियारले अकुत सम्पत्तिको मुद्दा हालेको थियो । उनलाई त्यतिबेला ७ करोड घोटाला गरेको आरोपपत्र थियो । मुद्दा सर्वोच्च अदालतसम्म पुगेर २०६८ मा जेल सजाय तोकिएको थियो ।

सामाजिक प्रतिष्ठामा आँच पुग्नेगरी भ्रष्टाचारमा दोषी ठहरपछि चतुर्वेदी जेल सजाय भोगेर छुटेका थिए । त्यसपछि सामान्य जीवनमा फर्कने प्रयास गरेपनि उनी डिप्रेसनमा गएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्