Logo

भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा प्रवेश



काठमाडौं, २१ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा भैरहवालाई ७ विकेटले हराउँदै पोखरा फाइनल प्रवेश गरेको हो । पोखरा फाइनलमा चितवन टाइगर्ससँग भिड्नेछ ।

टियू क्रिकेट मैदानमा भएको खेलमा पोखराले टस जितेर भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो । शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन जोड्दै १२० रनको सामान्य लक्ष्य दिएको थियो ।

भैरहवाले दिएको लक्ष्य पछ्याउने क्रममा पोखराका साहान अराचीजी र विपिन रावलले ९३ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाए । साहानले अविजित रहदै सर्वाधिक ५३ रन जोडे भने रावलले ४० रन जोड्दा अविजित रहे ।

पोखराले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । ओपनर रित गौतम ६ रन मात्र जोड्न सके । यस्तै लोकेश बलमे खाता खोल्न सकेनन् । भैरहवाका भुवन कार्कीले दुई विकेट लिए । भैरहवाका लागि कप्तान शरद भेष्वाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए ।

रोहित कुमार पौडेल २ छक्काको सहयोगमा १८ रन जोडेर पबिलियन फर्किए । आरिफ सेखले २७ रन बनाए । प्रदिप ऐरिले ११ बलमा ११ रन मात्र जोड्न सके । यस्तै उपुल थराङ्गाले १०, सर्भिन मुनाइन्डे ३, कुशल मल्ल १ रन जोडे । धम्मीका प्रसाद अविजित रहदै ४ रन जोडे । पोखराका किशोर महतो र साहनले समान दुई-दुई विकेट लिए । यस्तै असेला गुणारत्ने र नन्दन यादवले समान एक-एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्