Logo

जजीरा एयरमा बम राखिएको भन्दै आकस्मिक ल्याण्ड



एजेन्सी, २१ असोज । कुवेतको जजीरा एयरवेजले टर्कीमा आपत्तकालिन ल्याण्ड गरेको छ । बिहीबार उडान भरेको विमानमा बम राखिएको खबर बाहिर आएपछि उक्त विमानलाई टर्कीमा ल्याण्ड गराइएको सञ्चारमाध्यम तासले लेखेको छ ।

विमान स्टाफको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘विमानमा रहेको सम्पूर्ण यात्रुलाई बाहिर निकालिएको छ । बम हिस्पोजल टोलीले विमानभित्र निरिक्षण गरिरहेको छ ।विमानमा ५१ यात्रु सवार थिए । ती सम्पूर्ण यात्रुको लगेज जाँच गरिनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्