Logo

तान्जानियाका लेखक घुरनालाई साहित्यतर्फको नोबेल पुरस्कार



एजेन्सी, २१ असोज । तान्जानियाका लेखक अब्दुलरजक घुरनाले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । आज नोबेल पुरस्कार कमिटीले उनलाई पुरस्कार दिने घोषणा गरेको हो ।

घुरनाले उपनिवेशवादको विरासतको उन्मूलनसम्बन्धी अन्वेषण गरेर साहित्यिक कृति प्रकाशित गरेकोमा पुरस्कृत गर्ने घोषणा भएको उल्लेख छ । उपनिवेशको प्रभाव र संस्कृतिबारे उनले कृति रचना गरेको उल्लेख छ ।

तान्जानियामा जन्मिएर बेलायतमा बस्दै आएको घुरना केन्ट विश्वविद्यालयमा प्राध्यापक छन् । उनले प्याराडाइज नामको चर्चित पुस्तक समेत लेखेका छन् । घुरनाको १० वटा उपन्यास प्रकाशित छन् ।

घुरनाले प्राप्त गर्ने साहित्यतर्फको नोबेल पुरस्कारको राशी ११ लाख डलर रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्