Logo

ओलीले हात जोडेर गरेको अनुरोध बल्ल पूरा गर्दै देउवा



काठमाडौं, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ साउनमा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए- प्लिज मेरो पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस् । उनले यसो भनेको दुई महिना हुनलागेको छ । बल्ल आज उनले भनेका मान्छेहरु मन्त्री बन्दैछन् ।

त्यतिबेला माधवकुमार नेपाल एमालेमै थिए । उनीसहित सांसदहरु विद्रोहको तयारीमा थिए । ओलीले व्यङ्ग्य गर्दै भनेका थिए, ‘पछि लगाइसक्नुभयो फ्याँ फ्याँ गरेका छन्, चाकडीमा विहान बेलुका धाएका छन् मन्त्री बनाइदिनुहोस् । अलि अलि घाटा सहुँला ।’

अहिले एमालेबाट फुटेर नेकपा एस बनेका विरोध खतिवडा, रामकुमारी झाक्री र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का भएको छ । प्रेम आले र भवानी खापुङ मध्येबाट पनि मन्त्री बन्ने बुझिएको छ ।
देउवाले हात जोडेर व्यङ्ग्य गर्दै मन्त्री बनाइदिन गरेको विन्ती आज पूरा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्