Logo

राजाराम पौडेलको व्यंग्य -महानायक हुन मन लागे अदालबाट परमादेश जारी गराए भैगयो नि (भिडिओसहित)



काठमाडौं, २२ असोज । हाँस्यकलाकार राजाराम पौडेलले महानायक राजेश हमाल नै हो भनेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘राजेश हमाल होईन, म हुँ महानायक भनेर कसैले दाबी गर्दैमा हुँदैन् । महानायक त राजेशजी नै हो नि । अहिले त सजिलो छ, परमादेश जारी गरेर मलाई महानायक बनाईदिनुहोस भनेर दरखास्त दिएपनि मिल्छ । प्रधानमन्त्री नियुक्त गरिपाउँ भनेर निवेदन हाल्न मिल्छ भने यसमा किन नमिल्ने ?’ अर्का कलाकार दमन रुपाखेतीले पनि महानायक राजेश हमाल नै भएको स्पष्ट पारेका छन् ।

उनले नेपालको अमिताभ बच्चन भनेको नै राजेश हमाल भएको सुनाए । उनले भने,‘उहाँ त ईण्डष्ट्रिजकै खम्बा हो ।’ भुवन केसी र शिव श्रेष्ठले पनि महानायकको लागि दाबी गरेपनि उनीहरुको दाबी नपुग्ने उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्