Logo

अमेरिकाले गत वर्षदेखि ताइवान सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको छ : रिपोर्ट



एजेन्सी, २२ असोज: सन् २०२० देखि अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको अल्जजीराले खुलासा गरेको छ ।वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै करिब दुई दर्जन अमेरिकी सेनाले ताइवानको सेनालाई पछिल्लो एक वर्षदेखि प्रशिक्षण दिइरहेको रिपोर्ट प्रकाशित गरेको हो । यी प्रशिक्षण चिनियाँ सैनिक पछि त्यहाँबाट हटेपछि शुरु भएको जनाइएको छ।

गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हालेपछि उक्त क्षेत्रमा प्रशिक्षणसुरु भएको जनाइएको छ। पेन्टागनले उक्त रिपोर्ट प्रति कसनै प्रतिक्रिया दिएको छैन् न त इन्कार नै गरेको अल्जजीराले लेखेको छ ।
पेन्टागनका प्रवक्ता जोन सपलले ताइवानको सेनालाई उसको आवश्यकता अनुसार अमेरिकाले सहयोग गरिरहेको बताएका छन् ।

‘ताइवानका लागि समर्थन र रक्षा सम्बन्ध चीनले प्रस्तुत गरेको चुनौतीविरुद्ध रहेको छ,’ सपलले वक्तव्यमा भनेका छन्, ‘हामी बेइजिङलाई विवादको शान्तिपूर्ण समाधान खोज्ने प्रतिबद्धतालाई सम्मान गर्न आग्रह गर्दछौँ ।’ गत मंगलबार बाइडेनलाई ताइवानमाथि चिनियाँ हस्तक्षेपबारे पत्रकारले प्रशन सोध्दा उनले आफू यस विषयमा चिनियाँ राष्ट्रपति सीसँग वार्ता गरिहरहेको बताएका छन् । अमेरिकी र चिनियाँ राष्ट्रपति बीच केहि दिन अगाडि ताइवानको विषयमा आकस्मिक फोनवार्ता भएको थियो । उनीहरुबीच यस वर्षको अन्त्यमा भर्चुअल वार्ता समेत हु्ने खबर आइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्