Logo

अमेरिकामा कस्तो छ कोरोना संक्रमितको अवस्था ?



एजेन्सी, २२ असोज । कोरोना भाइरसले सबैभन्दा धेरै क्षति पुर्याएको राष्ट्र हो–अमेरिका । अमेरिकामा हालसम्म ४ करोड ५० लाख २१ हजार २ सय ६७ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै, संक्रमित मध्ये ३ करोड ४४ लाख ७९ हजार १३१ जना सक्रमणमुक्त भईसकेका छन् ।

हालसम्म ७ लाख ३० हजार २०६ जनाको संक्रमणबाट निधन भईसकेको छ । ९८ लाख ११ हजार ९३० जना संक्रमितको उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । १७ हजार ८ सय ४३ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

विश्वभर हालसम्म २३ करोड ७५ लाख ७२ हजार १८६ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ करोड ४६ लाख ६१ हजार ८ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संसारभर ४८ लाख ४९ हजार ६ सय ९४ जनाको हालसम्म संक्रमणकै कारण निधन भएको छ । त्यस्तै, १ करोड ८० हजार ६० लाख ६ सय ९ जनाको उपचार भैरहेको छ । ८४ हजार ४१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्