Logo

साउथ चाइना सीमा अमेरिकी पनडुब्बी ठोक्किएपछि…



एजेन्सी, २२ असोज : अमेरिकी पनडुब्बी इन्डो प्यासिफिक क्षेत्रको अन्तर्राष्ट्रिय समुद्रमा रहेको बेला अज्ञात वस्तुसँग ठोक्किएको र त्यसमा रहेका केहि व्यक्तिहरु घाइते भएको अमेरिकाको जलसेनाले जानकारी दिएको छ । घटनामा पनडुब्बीमा रहेका केही सदस्य घाइते भएतापनि कसैलाई अत्यधिक जोखिम भोग्न नपरेको जनसेनाले बिहिबार जनाएको छ । घटना सनिबार घटेको जनाइएको छ।

बिहीबार संक्षिप्त वक्तव्य जारी गर्दै युएसएस कनेक्टिकटमा सवार कुनै पनि सैनिक गम्भीर रूपमा घाइते नभएको जानकारी दिएको हो । ‘पनडुब्बी सुरक्षित र स्थिर अवस्थामा रहेको छ,’ वक्तव्यमा भनिएको छ, ‘युएसएस कनेक्टिकटको परमाणु प्रोपल्स प्लान्टमा कुनै क्षति पुगेको छैन र सक्रिय अवस्थामा रहेको छ ।’ पनडुब्बीमा रहेका सदस्यहरु मुख्य पत्र रहेको उनीहरुको सुरक्षा नै प्राथमिक रहेको जनाइएको छ।

साउथ चाइना सी विश्वको सबैभन्दा विवादित र महत्त्वपूर्ण जलमार्गको रूपमा रहेको छ । चीनले उक्त क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्दै आइरहेको छ । मेलेसिया, ब्रुनाई, भियतनाम, फिलिपिन्स र ताइवान समेतले उक्त क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ ।-Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्