Logo

बिकिनीमा आकर्षक प्रियंका चोपडा



एजेन्सी, २२ असोज । देसी गर्ल प्रियंका चोपडाले बउिउडमा मात्र नभएर हलिउडमा पनि आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । प्रियंका हाल कामबाट ब्रेक लिएर स्पेनमा बिदाको आनन्द लिइरहेकी छिन् । प्रियंकाले आज आफ्नो निकै आकर्षक तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

तस्विरमा प्रियंकाले बिकिनी र स्विमसुट लगाएर पोज दिएको देखिन्छ । उनले फरक–फरक रंगको बिकिनी लगाएर पोज दिएकी छिन् । रातो रगको बिकिनी र पहेलो मोनोकिनीमा सजिएकी प्रियंका चोपडाको तस्विरलाई फ्यानहरुले अत्यधिक रुचाएका छन् । तस्विरमा प्रियंकाको साथमा उनकी आमा मधु चोपडा र उनको प्यारा डांगी पनि देखिएका छन् ।

प्रिंयका फिल्म ‘सिटामोल’ र ‘मैट्रिक्स ४’ को साथै अन्य केही हलिउड प्रोजेक्ट्समा पनि देखिदैछिन् । फरहान अख्तरले निर्देशन गर्ने फिल्म ‘जी ले जरा’ मा पनि प्रियंकाको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्