Logo

आर्यनको पक्षमा ऋतिक रोशनले भने, ‘जीवन एक स्ट्रेंज राइड हो ’



एजेन्सी, २२ असोज । अहिले बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खानले अफ्ठेरो परिस्थितिसँग सामना गरीरहेका छन् । केही दिन अगाडी एनसीबीको टिमले आर्यनलाई मुम्बईको लागुऔषध पार्टीबाट पक्राउ गरेको हो । आर्यन २ अक्टोबरदेखि एनसीबीको कस्टडीमा छन् ।

आर्यन खान पक्राउ परेसँगै केही बलिउडका कलाकारहरु उनको पक्षमा उभिएका छन् । आज बलिउडका स्टार ऋतिक रोशनले पनि सामाजिक सञ्जाल इन्स्टाग्राम अकाउन्टमा आर्यनको एक तस्विर शेयर गर्दै उनको पक्षमा नोट शेयर गरेका छन् ।

ऋतिकले स्टोरीमा लेखेका छन, ‘मेरो प्रिय आर्यन, जीवन एक स्ट्रेंज राइड हो । यो धेरै राम्रो हो, किनकी समय परिवर्तनशील छ । भगवान दयालु हुनुन्छ । उहाँले सबै मानिसहरुलाई माया गर्नुहुन्छ । तिमिले दुःख भोगिरहँदा पक्कै पनि उहाँलाई सम्हाल्न पनि गाह्रो भएको होला ।’
आर्यनका वकिल सतीश मानशिंदेले अदालतमा आर्यनलाई जमानतमा छुटाउन याचिका दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्