Logo

लकडाउनमा सँगै बस्न दिक्क लागेपछि महिलाले राखिन् पतिलाई बिक्रिमा



एजेन्सी, २२ असोज । पछिल्लो समय कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए । लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् ।

चीनमा पछिल्लो केही समय यता सम्बन्ध विच्छेद गर्नेको संख्या अत्यधिक बढीरहेको छ । लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन गाह्रो परेको हो । यसको सिधा असर विबाहीत जोडीको वैवाहिक सम्बन्धमा परेको हो ।

धेरै पहिलेदेखि सँगै बस्दै आएका जोडीहरु नै अफ्ठेरोमा परेको देखिन्छ । भनिन्छ, २४ घन्टा कसैसँग सँगै बस्दा त्यसैपनि झगडा हुन्छ ।

एक महिलाले आफ्नो पतिसँग रिसाएर घर बाहिर पति बिक्रिमा भएको बोर्ड राखेकी छिन् । पुर्तगालको लिस्बन शहरमा एक जोडीबीच सधै झगडा हुनेगर्थ्यो । झगडा हुँदै जाँदा महिलाले आफ्नो घर बाहिर बोर्डमार्फत पति बिक्रि (सेल)मा राखेकी हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्