Logo

 अपहरणमा परेका बालकको १० घन्टापछि उद्दार, परिवारको जिम्मामा छाडियो



सुनसरी, २२ असोज । १० घन्टा अगाडी अपहरणमा परेका १३ वर्षीय बालकको प्रहरीले सकुशल उद्दार गरेको छ। कोशी गाउँपालिका–७ नेपाल भारतसिमा नजिकैबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्दार गरेर परिवारको जिम्मा लगाइदिएको छ ।

अपहरणमा संलग्न रहेको अभियोगमा भारत बस्ने मुकुम मियांलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मिंयाले अपहरण गरेर राखेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो ।

मिँयाले नेपालबाट भारत ज्याला मजदुरी गर्ने कामदार लैजाने ठेकेदारी गर्ने काम गर्थे । उनीमाथि केही मजदुरहरुको पैसा लिएको पनि आरोप लागेको छ । बालकलाई अपहरण गरेर कटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्