Logo

कोरोना व्यवस्थापनमा कनकासुन्दरी उत्कृष्ट



खलङ्गा, २२ असोज: जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ । स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले भने, “समीक्षामा वर्षभरि गरिएका स्वास्थ्य क्षेत्रको कामको प्रगति, समस्या र चुनौतीका विषयमा छलफल गरिएको छ । सङ्क्रमण व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिकाले सङ्क्रमण परीक्षणदेखि खोप सञ्चालन, क्वारेन्टिन व्यवस्थापनलगायत विषयवस्तुमा चुस्तदुरुस्त काम गरेको छ ।”

यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाभर महामारीमा सबै स्थानीय तहले उत्कृष्ट सेवा प्रदान गरेको जनाइएको छ । तिल र तातोपानी गाउँपालिकालाई पनि सम्मान गरिएको छ । महामारीमा स्थानीय तहले महत्वपूर्ण स्वास्थ्य सेवा प्रवाह गरेकोे गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । समीक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडीआइ नेपालले गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्