Logo

नेपालगञ्जदेखि पैदल काठमाडौं आएका महिलाहरु न्याय माग्दै माईतीघरमा (फोटोफिचर)



काठमाडौं, २२ असोज । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् ।

उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय दे, निर्मला कुर्मीलाई न्याय दे’, हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर लगायतका नारा लेखिएका छन् । पैदल हिँडेर आएकाहरुको खुट्टामा ठूला ठूला फोका देखिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्