Logo

लागूऔषध सहित एक पक्राउ



काठमाडौं, २२ असोज । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बसन्तले आफ्नै घरमा लागूऔषध राखेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot