Logo

‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै काठमाडौंमा ६ दलको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २२ असोज । एमसीसी खारेज गर्नुपर्ने माग गर्दै ६ दलले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपालका लागि नेपाली पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, उन्नत लोकतान्त्रिक पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र सर्वहारा कम्युनिष्ट पार्टीले आज एमसीसीको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी देशको हितमा नभएको भन्दै यसलाई कुनैपनि हालतमा खारेजी गर्नुपर्ने माग अघि सारेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्