काठमाडौं, २२ असोज । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाट दुई मन्त्रीको नाम चयन भएको छ । उक्त समूहबाट दिलेन्द्रप्रसाद बडु र डा. मीनेन्द्र रिजाल मन्त्री चयन भएका हुन् ।
बडु पौडेल र रिजाल महामन्त्री डा. सशांक कोइरालाको सिफारिशमा मन्त्री चयन भएका हुन् । दार्चुलाका बडु र मोरङका रिजाल विगतमा मन्त्री भइसकेका छन् ।
बडुले कानुन र मीनेन्द्रले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।




प्रतिक्रिया