Logo

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, महेन्द्र राय यादव मन्त्री बने



काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश”

जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेकी छिन् । त्यस्तै, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । रामसहाय यादव वन तथा वातावरण मन्त्री बनेका छन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रीमा प्रमोद साहको नाम निश्चित् भएको थियो । तर, राईका अनुसार जसपाले साहको ठाउँमा यादवलाई मन्त्री बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्