Logo

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखरालाई



काठमाडौं, २२ असोज । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले उचालेको छ । आज (शुक्रबार) पोखराको बहुदेशीय कभर्डहलमा भएको फाइनल खेलमा शंखमुल फुटसलमाथि ४–२ को जित निकाल्दै स्पोर्ट्स क्यासल पोखराले उपाधि जितेको हो ।

खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, १०औं मिनेटमा लक्ष्मण थापामगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरी अवस्थामा पुर्याएका थिए ।
२०औं मिनेटमा किशोर गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई २–१ को अवस्थामा पुर्याएका थिए ।

२१औं मिनेटमा किशोर गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए । साथै, २२औं मिनेटमा मणि लामाले गोल गर्दै शंखमुललाई ३–२ को अवस्थामा पुर्याए । निकै रोमान्चक बनेको खेलको ३९औं मिनेटमा किशोर गुरुङले ह्याट्रिक पुरा गर्दै क्यासललाई ४–२ को जित दिलाए । जितसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको शंखमुलले ५ लाखमा प्राप्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्