Logo

कोरोनाबाट थप १० जनाको मृत्यु



काठमाडौं, २२ असोज । कोरोना संक्रमणबाट आज थप जनाको १० मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज नेपालमा कोरोनाका ७ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६ सय ८८ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्