Logo

एनसीबीले आर्यनसमेत सबै आरोपीलाई जेल पुर्याए



एजेन्सी, २२ असोज। बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानबारे निर्णय आज (शुक्रबार) मुम्बईका न्यायीक अधिकारीले गरिरहेका छन् । ड्रग्स मामिलाका कारण आर्यन खानको समस्या बढिरहेको देखिएको छ ।

अदालतमा आर्यन खानसमेत ८ आरोपीको जमानतमाथि सुनुवाई चलिरहेको छ । यसैबीच एनसीबीले आर्यनसमेत सबै आरोपीलाई आर्थर रोड जेल पुर्याएको छ । आर्यन खानका वकिल सतिश मानशिन्दे आर्यनको जमानतका लागि अदालतमा बहस गरिरहेका छन् ।

सतिश मानशिन्देले आर्यन खानमाथि आरोप भएको तर उनको विरुद्धमा कुनै प्रमाण नभेटिएको बताएका छन् । उनले भने, ‘आर्यन एक इज्जतदार परिवारका हुन् । उनका अन्य आरोपीसँग कुनै नाता छैन । यस्तोमा उनलाई जेल सजाय हुनुहुँदैन ।’ उनका अनुसार एनसीबीले पाँच दिन आर्यनलाई हिरासतमा राखेको तर उनीविरुद्ध केही पनि भेटेको छैन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्