Logo

प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा गृहमन्त्री खाँण



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले आफूपछिको वरियतामा भने गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् ।

उनी कांग्रेसबाट मन्त्री बनेका हुन् । त्यस्तै, वरियताको तेस्रो नम्बरमा पनि कांग्रेसबाटै सञ्चारमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्कीलाई राखिएको छ । वरियताको चौथो नम्बरमा भने माओवादी केन्द्रबाट उर्जामन्त्री बनेकी पम्फा भुषाल छिन् ।

मन्त्री भुषालपछि भने जनता समाजवादी पार्टी, नेपालबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजेन्द्र श्रेष्ठ छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट भने विरोध खतिवडाले सरकारको नेतृत्व गरेका छन् ।

उनी वरियताको छैठौं नम्बरमा छन् । प्रधानमन्त्री कुनै विदेश भ्रमणमा जाँदा अथवा अस्वस्थ हुँदा भने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने अब गृहमन्त्री खाँणडले पाउने भएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्