काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको शितलनिवास पुग्न ढिलाई भएपछि सपथग्रहण समारोह केही पर धकेलिएको छ । यसअघि साँढे चार बजे सपथग्रहणको समय तोकिएको थियो । तर, नवनियुक्त मन्त्रीहरु नै शितलनिवास पुग्न ढिलो भएपछि सपथग्रहणको समय केही पर धकेलिएको हो ।
अहिलेसम्म शितलनिवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने पुग्ने क्रममा रहेको बताईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारलाई पर्णता दिएका छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीबाट समेटेर प्रधानमन्त्रीदेउवाले आज सरकारलाई पूर्णता दिएका हुन् ।
देउवाले ८८औं दिनपछि सरकारलाई पूर्णता दिएका छन् । सत्तापक्षीय गठबन्धनबाट समेटेर प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिएका हुन् । कांग्रेसबाट डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिलेन्द्र प्रसाद बडुलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री, उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाई, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ । कांग्रेसबाट गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट देवेन्द्र पौडेललाई शिक्षा, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट रेणु यादवलाई भौतिक पूर्वाधार, महिन्द्र राय यादवलाई कृषि मन्त्रालय, रामसहायप्रसाद यादवलाई वन तथा वातावरण र राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
काग्रेसबाट उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा, नेकपा (एकीकृत समाजवादी) बाट भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र नेकपा (माओवादी केन्द्र) बाट बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँढे चार बजे राष्ट्रपति कार्यालय शितलनिवासमा सपथग्रहणको कार्यक्रम राखिएको छ । file photo




प्रतिक्रिया