Logo

सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा अनुपस्थित्



काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । अहिले राष्ट्रपति कार्यालय शितलनिवासमा जारी सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा गएका छैनन् । मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला जबराको जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका हुन् ।

हमाल कांग्रेसका पूराना नेता हुन् । देउवाले पार्टी विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँकेको सभापति थिए । प्रधानन्यायाधीश जबराले आफ्नो नाम जोडेर आएका व्यक्ति नै मन्त्री भएको कारण आजको सपथग्रहण समारोह बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री देउवाले आज ८८औं दिनमा सरकारलाई पूर्णता दिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्