Logo

दिल्लीमाथि बैंगलोरको जित



काठमाडौं, २३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्लीमाथि जित निकालेको छ । हिजो (शुक्रबार) राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरका लागि श्रीकर भारतले अविजित रहँदै सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेले । साथै, ग्लेन म्याक्सवेलले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै एबी डी भिलियर्सले २६ रन जोडे । कप्तान विराट कोहली ४ रनमै पबिलियन फर्किए । देवदत्त पड्डीकल सुन्य रनमा पेभेलियन फर्किए । दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिए भने अक्षर पटेलले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ४८ रन बनाए । शिखर धवनले ४३ रन जोडे । यस्तै शिम्रन हिटमायरले २९ र श्रेयस आयरले १८ रन बनाए भने कप्तान ऋषव पन्त १० रनमा आउट हुँदा रिपल पटेलले अविजित रहै ७ रन जोडे । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए भने युजभेन्द्र चाहल,हर्सल पटेल र डान क्रिसले समान एक÷एक विकेट लिए । यस जितसँगै बैंगलोरले १४ खेलमा १८ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
दिल्ली २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्