Logo

फिफा विश्वकप छनोटः जर्मनीको रोमान्चक जित



काठमाडौं, २३ असोज । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले रोमानियामाथि रोमान्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ९औं मिनेटमा इअनिस हागीले गोल गर्दै रोमानियालाई सुरुवाति अग्रता दिलाएका थिए । तर, ५२औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी अवस्थामा ल्याएका थिए । त्यस्तै खेलको ८१औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई २–१ को रोमान्चक जित दिलाए । यस जितसँगै समूह ‘जे’ को जर्मनीले ७ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्