Logo

इपिएलको फइनलमा आज पोखरा र चितवन भिड्दै



काठमाडौं, २३ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल आज (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोज फाइनलमा भिड्दैछन् ।

किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ । चितवनले यसअघि नै पोखरालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो । तालिकाको शिर्ष स्थानमा रहेको चितवन ४ जित र १ एक हारसहित ६ अंक जोडेको छ ।

यस्तै पोखराले बिहिबार मात्रै शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । वर्षा बाधक बनेपछि एक खेलमा भैरहवासँग अंक बाँढेको पोखराले ३ जित र १ हार ब्यहोर्दै ७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लिग अवधिभर राम्रो प्रदर्शन गरेको चितवन बलियो देखिन्छ । तर, पोखरा पनि उत्तीकै सशक्तरुपमा रहेको छ । आज हुने फाइनल प्रतियोगीता निकै रोमान्चक हुने आँकलन गरिएको छ । नेपालकै सबैभन्दा ठुलो लिगको रुपमा रहेको इपिएलको विजेतालाई ५० लाख नगद पुरस्कार पाउनेछ । साथै, उप–विजेताले १५ लाख नगद पाउने आयोजकले बताएको छ ।-Photo Source: EPl/Twitter



प्रतिक्रिया दिनुहोस्