Logo

फिफा विश्वकप छनोटः लाटभियामाथि नेदरल्याण्ड्सको जित



काठमाडौं, २३ असोज । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नेदरल्याण्ड्सले लाटभियामाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १९ औं मिनेटमा डाभी क्लासेनले गर्दै नेदरल्याण्डन्ड्सलाई सुरुवाति अग्रता दिलाएका थिए जुन गोल निर्णायक बन्न पुग्यो । यस जितसँगै नेदरल्यान्ड्स ७ खेलमा १४ अंक जोड्दै समूह ’जी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस्तै लाटभिया ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्