Logo

अमेरिकी डेलिगेट र तालिवानी प्रतिनिधिबीच कतारमा भेटवार्ता हुँदै



एजेन्सी, २३ असोज । अफतानिस्तानबाट अमेरिकाको पतन भएपछि अमेरिकी डेलिगेटले पहिलो पटक तालिवानी प्रतिनिधिलाई भेट्ने भएका छन् । अमेरिकी डेलिगेट र तालिवानी प्रतिनिधिबीच कतारमा भेटवार्ता हुने भएको छ । दुवैदेशका प्रतिनिधिहरुबीच कतारमा दुई दिने भेटवार्ता हुने भएको हो ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि दुवै देशबीच पहिलो पटक वार्ता हुनेछ । अमेरिकी प्रतिनिधिहरुले तालिवानलाई अमेरिकी नागरिक र अन्य नागरिकलाई सकुसल उद्दारका लागि आवहा्न गर्ने जनाइएको छ । साथै, उनीहरुको सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गरिने जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्