Logo

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तोकियो



काठमाडौं, २३ असोज । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ले प्रदर्शन मिति तोकिएको छ । नयाँ वर्षको वैशाख ३० गते चलचित्र प्रदर्शनमा आउने गरि मिति तोकिएको ‘चिसो मान्छे’ निर्माण पक्षले जनाएको छ ।

चलचित्रको निर्माण शर्मिला पाण्डेले गरेकी छिन् । चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनालको मुख्य भुमीका रहेको छ । अहिलेको समाज र समाजमा देखिएका समस्यालाई चलचित्रमा देखाइएको छ साथै वैदेशिक रोजगारबाट नेपाली युवाले भोग्दै आएका पिडालाई पनि चलचित्रमा देखाइएको छ ।पशुपति प्रसाद, धनपति र आमाबाट प्रख्याति कमाएका निर्देशक खनालले चलचित्रको कथा समेत आफै लेखेका हुन् ।



प्रतिक्रिया दिनुहोस्