Logo

दुई छोराको हत्या गरेपछि आमाले गरिन् आत्महत्या



धनुषा, २३ असोज। धनुषामा दुई छोराको हत्या गरेर आमाले आत्महत्या गरेकी छिन् । जिल्लाको नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको घाँटीमा डोरी कसेर हत्या गरेपछि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गुडियाका पति गुरुदेव साह जनकपुरधाम आएका बेला घटना भएको प्रहरीले जनाएको छ । छोराहरूले चिच्याएको आवाज बाहिर नजाओस् भनेर चर्काे स्वरमा डिजे साउन्ड बजाएर हत्या गरिएको खुलासा भएको छ ।
घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ ।

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले भागेर प्रेम विवाह गरेका थिए । तर गुडियाका आमाबुवाले उनीहरुको विवाह स्वीकार नगरेको अनुन्धानमा खटिएको ती प्रहरीले बताए । तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्