Logo

गठबन्धनको सरकार हुँदा क्षमतावान नेताहरू छुटे : प्रधानमन्त्री देउवा



काठमाडौँ, २३ असोज: प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा क्षमतावान नेताहरू छुटेको बताएका छन् । ‘स्कुल अफ डेमोक्रेसी’द्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर, गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’ प्रधानमन्त्री देउवाले भोलिका दिनमा क्षमतावान नेताहरूलाई उचित जिम्मेवारी दिने स्पष्ट पारे ।-Photo By: Mukunda Kalikote-reportersnepal



प्रतिक्रिया दिनुहोस्