Logo

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्नेछ : गगन थापा



काठमाडौँ, २३ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् । गठबन्न सरकारले प्रधानन्यायाधीशनिकट गैह्रसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै उनले आज (शनिबार) ट्वीटमार्फत यस्तो बताएका हुन्।

उनले लेखेका छन्- ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो?लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?’

शुक्रबार उद्योगमन्त्री गजेन्द्रबहादुर हमाल बनेका छन् । हमाल प्रधानन्यायाधीश जबरा निकट मानिन्छन्। जबराले भने हमाल पुराना देउवा निकट नेता भएकाले मन्त्री बन्न सक्ने यसअघि नै प्रतिक्रिया दिएका थिए। सर्वोच्चमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले कम्फरटेबल बनाउन हमाल मन्त्री बनेका हुन्। उनको नियुक्ति प्रति सर्बत्र आलोचना भैरहेको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्