Logo

ईपीएल फाइनलः पोखराले चितवनलाई दियो ११२ रनको सामान्य लक्ष्य



काठमाडौं, २३ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमै अल–आउट हुँदै १ सय ११ रन बनायो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । यस्तै, कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन बनाए । रित गौतमले २, साहनले २, बिबेक कुमार यादवले ४, बिक्रब सोब र किशोर महतोले १ मात्र जोड्न सके ।साथै नन्दन यादव र लोेकश बलमे खाता खोल्न सकेनन् ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । करिम जनत र सेकुग्गे प्रसन्नले समान २-२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले समान १-१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्