Logo

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता



वासिङटन, २३ असोज: अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो । यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो ।

अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “उनीहरूबीचको सोहाद्र्र आदानप्रदानका क्रममा राजदूत ताई र उपप्रधानमन्त्री लिउले द्विपक्षीय व्यापार सम्बन्धको महत्व र यसले संयुक्त राज्य अमेरिका र चीनलाई मात्र नभई विश्व अर्थतन्त्रमा समेत पारेको प्रभावलाई मनन गरेका छन् ।”

यस छलफलबारे चिनियाँ राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले दुई पक्षले ‘व्यावहारिक र रचनात्मक कुराकानीलाई सोहाद्र्रपूर्ण वातावरणमा आदान–प्रदान गरेका बताएको छ । वार्तामा दुवै पक्षले आफ्नो मुख्य चिन्ता व्यक्त गरेका र परामर्शद्वारा एकअर्काको वैध चिन्ताहरू समाधान गर्न सहमत भएका सिन्ह्वाले बताएको छ ।

शुक्रबारको छलफल ‘संयुक्त राज्य अमेरिका र चीनको लागि जिम्मेवाररूपमा व्यवस्थापन गरिएको व्यापारिक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता गर्ने अवसर रहेको एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

चिनियाँ पक्षको ‘गैर–बजार नीति र अभ्यास’ले अमेरिकी श्रमिक, किसान र व्यवसायलाई हानि पु¥्याएको अमेरिकी बुझाई रहेको ताईको भनाइ छ ।

बाइडेन प्रशासनका अनुसार राष्ट्रिय कम्पनीहरूका लागि चीनले आफ्ना उद्यमीहरूलाई उपलब्ध गराएको बृहत् सरकारी अनुदान, बौद्धिक सम्पत्ति चोरी र अन्य कारकहरूले व्यापारिक जगतमा अत्यधिक असमानता पैदा गरेको देखिएको छ ।

वासिङ्टनले ‘अन्यायपूर्ण’ ठानेका व्यापारिक अभ्यासलाई उद्धृत गर्दै सन् २०१८ मा ३७० अर्ब डलर मूल्यका चिनियाँ उत्पादनमा कर लगाउने निर्णय तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । तर धेरै अमेरिकी कम्पनीहरूले ट्रम्प प्रशासनकोे उक्त कदमले लागत बढाएको भन्दै थप कर लिने निर्णयको विरोध गरेका थिए ।

यसै बर्षको जनवरीमा कार्यभार सम्हालेका बाइडेनले ताईलाई चीनप्रति अमेरिकी व्यापार रणनीति र ट्रम्पले सुरु गरेको करको विस्तृत समीक्षा गर्न आग्रह गरेका छन् ।

यस हप्ता ताईले ‘लक्षित शुल्क रोक्ने प्रक्रिया’ को थालनी गर्ने घोषणा गरेका थिए । ताईले सद्भावना इशाराभन्दा चीनलाई आपूर्तिको वैकल्पिक स्रोत नभएका अमेरिकी कम्पनीहरूलाई ‘क्रमवद्धरूपमा छूट प्रदान गर्ने कुरा बताए ।

अमेरिकी व्यापार वार्ता टोलीले चीनको अमेरिकी सामानमाथिको कर नीतिको बारेमा सार्वजनिकरूपमा जानकारी गराउने कुरा बतायो ।

यो प्रक्रियालाई अक्टोबर १२ देखि डिसेम्बर १ सम्म चलाउने र यूएसटीआरले रोजगार, आपूर्ति श्रृंखला र चीनप्रति यसको समग्र नीति लगायतका कारकहरूमा थप कर र सामान बहिष्कारको प्रभावलाई तौलने कुरा बताएको छ ।

शुक्रबार ताईले अमेरिकी हितको सर्वोत्तम सेवा गर्ने नीति पछ्याउने बाइडनको लक्ष्यलाई दोहो¥्याएका थिए ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्