Logo

संविधानविद् डा. आचार्यको टिप्पणी : देउवा खराब थिए, खराबै रहने पक्का भयो



काठमाडौं, २३ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले शेरबहादुर देउवा खराब भएको र अब पनि खराबै रहने पक्का भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् ।

उनले भनेका छन्–‘देउवा खराब थिए,खराबै रहने पक्का भयो। परमादेशुसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो।जसरी गरेका हुन, गरेकै देखियो। तर इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?’

उनले हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुखद् र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन् । उनले अघि भनेका छन्,‘तर यसको अर्थ देउवा भन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठीक थियो भन्ने कदापि होइन । दुवै खराब थिए, खराबै रहने भए।’

 



प्रतिक्रिया दिनुहोस्