Logo

चौंथो संस्करणको ईपीएलको उपाधि चितवनलाई, पोखरा ४ विकेटले पराजित



काठमाडौं, २३ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले उचालेको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि उचालेको हो ।

पोखराले दिएको ११२ रनको लक्ष्यलाई चितवनले १५.५ ओभरमा ६ विकेटको नोक्सानिमा पुरा गर्यो । चितवनको जितमा भिम सार्कीले ४५ बलमा सर्वाधिक ६३ रनको अर्धसतकिय इनिङ खेले । हसिम अन्सारी र करिम जनत खाता नखोली पबिलियन फर्किए । मोहोमद साजादले ११ रन, दिलिप नाथले १८ र राजेस पुलामि मगरले १४ रन बनाए । यस्तै सीकुजि प्रसन्नले अविजित रहँदै १ रन बनाए । अन्तिमा मैदान उत्रीएका कप्तान सोमपाल कामीले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

पोखराका किशोर महतोले सर्वाधिक चार विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदा १ सय ११ रन बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । यस्तै, कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन बनाए ।

रित गौतमले २, साहनले २, बिबेक कुमार यादवले ४, बिक्रब सोब र किशोर महतोले १ मात्र जोड्न सके । साथै नन्दन यादव र लोेकश बलमे खाता खोल्न सकेनन् । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । करिम जनत र सेकुग्गे प्रसन्नले समान २-२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले समान १-१ विकेट लिएका थिए । जितसँगै चितवनले ५० लाख नगद पुरस्कार पाएको छ भने दोस्रो भएको पोखराले १५ लाख पाएको छ ।



प्रतिक्रिया दिनुहोस्