Logo

जितपछि सोमपालले ‘कालु’लाई सम्झिएपछि…



काठमाडौं, २३ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले उचालेको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि उचालेको हो ।

जितपछि मेडल लगाउँदै कार्यक्रम प्रस्तोता चारु शर्मासँग कुरा गर्ने क्रममा आफ्ना समर्थकहरुलाई धन्यवाद दिदैँ सोमपालले कालुलाई सम्झिएका थिए । साथै, उनले कुकुरहरुलाई माया गरेर खान दिनसमेत सबैमा आग्रह गरेका छन् ।

कालु टियू क्रिकेट मैदानमा खेलाडीहरुसँग परिचीत छ । मैदानमा खेलाडिहरुले खेल्दा कालुपनि खेल्न आउने गरेको थियो । लामोसमय देखी टियू मैदानको हेरचाँह गर्दै आएका कर्मचारीले पालेको कुकुर (कालु) को केही समय अघि मृत्यु भएको थियो ।

मैदान अगाडीको बाटोमा बाइकको ठक्करबाट घाइते भएको कालुको मैदानमै मृत्यु भएको थियो । नेपाली क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काले समेत कालुको मृत्युको कुरा थाहा पाएपछि दुख व्यक्ति गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्