Logo

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ



एजेन्सी, २४ असोज । भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्र पक्राउ परेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ४० वर्षीय आशिष मिश्रलाई हिरासत हुँदै आज विहान लखिमपुरखेरी जेलमा हालिएको थियो ।

किसान आन्दोलनकारीमाथि सवारी चलाएर चारजनालाई किचेर हत्या गरेपछि आन्दोलनकारीले गाडीमा सवारलाई कुटपिट गरी हत्या गरेका थिए । उक्त सवारीमध्ये एक गृहराज्यमन्त्री अजय मिश्रको भएको भन्दै आशिषको संलग्नताको आरोप लाग्दै आएको छ ।

गृहराज्यमन्त्री मिश्रले आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन् । उनले आशिष मिश्रले उक्त सवारी नचलाएको बताउँदै आएका छन् । उनले भनेका छन्, यदि आशिष त्यहाँ हुन्थे भने उनको हत्या हुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्