Logo

गण्डकी गाउँपालिकामा कांग्रेस परित्याग गरी ६१ जना नेकपा एसमा प्रवेश



गोरखा, असोज २४ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा एकीकृत (समाजवादी) निकट युवा संघ नेपालको प्रथम भेला सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा–४ मा आयोजित भेलाले ५१ सदस्यीय समिति समेत चयन गरेको छ । भेलाले सुमन लामिछानेको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो । जसको इन्चार्जमा रामजी मगर रहेका छन् भने सचीवमा सुशील पन्त र कोषाध्यक्षमा बिनोद पन्त चयन भएका छन् ।

त्यस्तै भेलाले गण्डकी गाउँपालिका स्तरीय पिपुल्स भोलेन्टियर समेत गठन गरेको छ । सुजन पन्तको सम्योजकत्वमा ३१ सदस्यीय पिपुल्स भोलेन्टियर गठन गरिएको हो । जसको सहसम्योजकमा सुमन गैर रहेका छन् । गण्डकी गाउँपालिका ४ निवासी शंकर पौडेलको नेत्तृत्वमा ६१ जनाले कांग्रेस परित्याग गरी नेकपा एकीकृत (समाजवादी) मा प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्ष यादव बस्नेतको प्रमुख आथित्यतामा सप्पन्न भेलामा गण्डकी प्रदेश सचिवालय सदस्य विश्वेश्वरप्रसाद कट्टेल, समाजवादीका गण्डकी गाउँपालिकाका अध्यक्ष उत्तमराज पन्त, युवा संघका जिल्ला अध्यक्ष शिवराज पौडेल, युवा संघकी जिल्ला इन्चार्ज रेखा लोप्चन, पिपुल्स भोलेन्टियरका जिल्ला सम्योजक धुर्व अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्