Logo

बाकेका हिँसापीडित माथी सरकारी हिँसा निन्दनीयः महामन्त्री तिमल्सिना



काठमाडौं, २४ असोज । बाँके जिल्लाको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन र अनुसन्धान गर्न माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका हिंसा पीडितमाथि राज्यले थप हिंसा गर्नु अत्यन्तै गैह्रजिम्मेवार र विडम्बना हो भन्दै नेपाल विद्यार्थी संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले न्यायको निम्ति शान्तिपूर्ण आन्दोलन गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले लोकतन्त्र र कानुनी राज्यमा जनताले उठाएका आवाज सरकारले सुन्ने र सम्बोधन गर्नु पर्दछ भन्दै यो जनताको सरकार हो र जनताको सरकार पुर्ववर्ती जनतामारा सरकारको लयमा जानुनहुने तर्फ सचेत गराएका छन ।

महामन्त्री तिमल्सिनाले हिँसा र अन्यायका विरुद्ध अनुसन्धान तथा छानबिनको माग गर्दै काठमाडौंमा कालो ब्यानर बोकेर धर्ना दिएका हिंसा पीडित महिलाहरूको समस्या चाँडै समाधान गर्न सरकार संग माग गरेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot